कोल्हबी,निर्धन उत्थान लघुबित्त बितीय संस्था लिमिटेड शाखा कार्यालय कोल्हबीले उत्कृष्ट कारोबार गरी उद्यमी बन्न सफल कोल्हबी नगरपालिका वडा नम्बर २ बगेवाकी शान्तिदेबी चौधरीलाई डा. हरीहरदेव पन्त स्मृति पुरस्कारबाट सम्मान गरिएको छ ।
डा. हरीहरदेव पन्तको स्मृतिमा कोल्हबीमा मंगलवार भएको कार्यक्रममा देशका ७ वटै प्रदेशमध्ये मधेस प्रदेशबाट उत्कृष्ट लघुउद्यमी÷ब्यवसायीको रुपमा चौधरीलाई सम्मान गरिएको हो । चौधरीले कोल्हबी शाखाबाट कारोबार गर्नुभएको थियो । कार्यक्रमकी प्रमुख अतिथि कोल्हबी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी र क्षेत्रीय प्रमुख वीरगन्जका रधेश्याम सहनीले दोसल्ला, सम्मानपत्र र नगद ५० हजार रुपैयाका साथ चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि अनुपदिपनी मावि कोल्हबीका प्रधानाध्यापक राम प्रकाश चौधरी, रौतहट गुर्जाका अभिभावक प्रेमनारायण चौधरी, अतिथि महिला स्वंमसेविका श्रीमुनि चौधरी, कल्याणी चौधरी लगायतको उपस्तिथि रहेको थियो । निर्धन उत्थान लघुबित्त बितिय संस्था लि. कोल्हबी शाखाका प्रमुख शेखरबहादुर. कार्कीको सभापतित्वमा भएको सो कार्यक्रम कोल्हबीस्थित शुभबिहानी होटेल कटेज एन्ड लजमा सम्पन्न भएको थियो ।