कृष्णउदास खनाल

वीरगन्ज,राष्ट्रिय राजमार्गको सडक अतिक्रमणको सवालमा एक महिना अगाडिदेखि सार्वजनिक सूचना जार गरेको डिभिजन सडक कार्यालयले हेटौंडाले अन्ततः सडक चौडा गर्ने आफ्नो अभियानबाट पछाडि नफर्कने भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बागमती प्रदेशको समेत राजधानी रहेको हेटौंडा बजारको मुख्य सडक दाँयाबायाँ चौडा गर्ने विषयमा पटक पटक बहस भएपछि विभिन्न कारणले रोकिएकोमा अब भने भत्काउने मनस्थितिमा सडक कार्यालय पुगेको हो ।हटौंडाका केही घरधनी तथा व्यवसायीहरुले सर्बोच्च अदालतमा मुद्दा दर्ता गरेपछि सर्बोच्चले सडक कार्यालयलाई सडक विस्तार गर्नुपर्ने कारणसहित पेश गर्नको लागि साउन १६ गतेको समय दिएको र १६ गतेपछि भने हेटौंडामा डोजर चलाइने सडकका कर्मचारीहरुले बताएका छन् ।डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले भने १६ गतेको छलफल र बहसपछि १७ गतेबाट भने आफूहरु रोकिने अवस्था नरहने बताउनुभयो ।सर्बोच्चमा आफूहले सबै प्रमाण पेश गरेपछि सर्बोच्चले पक्कै पनि सडकको पक्षमा फैसला गर्ने र अनि १७ गतेपछि सडक चौडा गर्ने अभियान संचालन गरिने बताउनुभयो । अब सडक चौडा गर्नुको बिकल्प नै नभएकाले आफूहरु यो अभियानबाट पछाडि फर्कने संभावना नै नरहेको पनि यादवको भनाइ छ ।हेटौंडामा केही व्यवसायीहरुले भने सडक चौडा गर्ने सडक कार्यालयको अभियानको बिरोध गरिरहेका छन् । मकवानपुर उद्योग बाािण्ज्य संघले नै यसको नेतृत्व गरिरहेको छ ।बारा र पर्साका सडकको समेत जिम्मेवारी पाएको उक्त सडक डिभिजन कार्यालयले हेटौंडाले हाल वीरगञ्ज क्षेत्रमा भने सडक चौडा गर्ने अभियान नचलाउने भएको छ ।वीरगञ्जका पनि घरधनीहरुले सर्बेच्चमा मुद्दा दर्ता गराएका कारण वीरगञ्जमा भने यो अभियानले चाहेर पनि गति लिन नसकेको हो ।गत बैशाखमा वीरगञ्ज क्षेत्रको सडकका विषयमा फैसला हुने भनिएको भएपनि फेरि त्यो सरेर भदौ अन्तिममा पुगेको छ ।

Leave a Reply