वीरगञ्ज,पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि अदालतसँग अनुमति माग गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर– ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋृण सहकारी संस्थाबाट अवैध तबरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ रकम अपचलन मुद्दामा अनुसन्धानका लागि अनुमति मागेको हो ।
सानो पाईला सहकारीका अध्यक्ष पनि जीवी राई नै हुन् ।पर्सा प्रहरीले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने, राई र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुंगेलले बताउनुभएको छ ।सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो । एसपी ढुंगेलका अनुसार २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट) ले रकमको अपचलन पुष्टि गरेको छ ।

















