एजेन्सी । पछिल्लो समय विकाश भएको डिजिटल प्लेटफर्म ओटीटीले नयाँ कलाकार जन्माउने मात्र नगरेर पुराना कलाकारको डुब्दै गरेको करियरलाई पनि उठाउने काम गरेको देख्न सकिन्छ । ९० को दशकका धेरै अभिनेत्रीका कुरागर्ने हो भने पछिल्लो समय ओटीटीले नयाँ जीवन दिएको छ । यो प्लेटफर्मले उनीहरुलाई कमब्याक मात्र गराएन, अभिनेत्रीलाई फेरि व्यवसायिक उडान भर्न मद्दत गराएको छ । ओटिटिबाट उत्कृष्ट कमब्याक गर्ने १० अभिनेत्री यस्ता छन् ।

माधुरी दीक्षित
एक समय बलिउडमा हंगामा मच्चाउन सफल अभिनेत्री माधुरी दीक्षित ओटीटीमा पनि सफल देखिएकी छन् । उनको ओटीटी डेब्यू सिरिज ‘द फेम गेम’ ले धेरै प्रशंसा पाएको छ ।
उनी ओटीटीमा आफ्नो उमेर समूहमा सबैभन्दा धेरै रकम प्राप्त गर्ने अभिनेत्री हुन् । ‘द फेम गेम’ उनले अनामिका नामकी चर्चित अभिनेत्रीको भूमिका निभाएकी छिन् । नेटफ्लिक्समा रिलिज भएको यो सिरिज अभिनेत्री श्रीदेवीको जीवनबाट प्रेरित छ ।
शिल्पा शेट्टी
‘हंगामा २’ र ‘निकम्मा’ जस्ता फिल्मबाट ठूलोपर्दामा पुनरागमन गरेपछि अभिनेत्री शिल्पा शेट्टी अव चाँडै नै ओटीटी डेब्यु गर्दैछिन् । एक्सन र कमेडी फिल्मका लागि चर्चित निर्देशक रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ बाट उनी ओटिटिमा देखिन लागेकी हुन् । उनी सिरिजमा सिद्धार्थ मल्होत्राको अपोजिटमा रहनेछिन् ।
सुस्मिता सेन
ललित मोदीसँगको सम्बन्धका कारण पछिल्लो समय चर्चामा रहन सफल अभिनेत्री तथा पूर्व मिस युनिभर्स सुस्मिता सेनले ‘आर्य’ मार्फत ओटीटी प्लेटफर्ममा डेब्यु गरेकी हुन् । यस सिरिजको दोस्रो सिजनमा पनि सुस्मिता सेनले आफ्नो अद्भूत अभिनय र बोल्ड स्टाइलले सबैलाई चकित पारिन् । यसको तेस्रो सिजन पनि छिट्टै आउँदैछ । श्रृंखला डिज्नी प्लस हटस्टारमा प्रसारण हुन्छ ।
रविना टण्डन
रविना टण्डनले नेटफ्लिक्सको वेब सिरिज ‘आरण्यक’ मार्फत ओटीटीमा डेब्यु गरेकी थिइन् । यस वेब सिरिजमा उनले आमा र प्रहरी अफिसर दुवैको जिम्मेवारी पूरा गर्ने निडर प्रहरी अफिसर कस्तुरीको भूमिका निभाएकी छिन् ।
सोनाली बेन्द्रे
रियालिटी शोहरूमा पाहुनाको रूपमा देखिएकी सोनाली बेन्द्रले वेब सिरिज ‘द ब्रोकन न्युज’ बाट ओटीटी डेब्यु गरेकी थिइन् । यस सिरिजमा सोनालीले पत्रकारको भूमिका छ । यो शृङ्खला ब्रिटिश वेब सिरिज ‘प्रेस’ को भारतीय रूपान्तरण हो । क्यान्सरबाट निको भएपछि सोनालीले यो शो अभिनय गरेकी हुन् ।
काजोल
एक जमानाकी नम्बर वान अभिनेत्री काजोलले २०२१ मा ‘त्रिभंगा’ बाट ओटिटि डेब्यु गरेकी थिइन् । यस सिरिजमा काजोलले आधुनिक सोच भएका महिलाको भूमिका निर्वाह गरेकी छिन् । रेणुका शहाणेले निर्देशन गरेको यो सिरिज नेटफ्लिक्समा रिलिज भएको थियो ।
करिश्मा कपुर
करिश्मा कपूरको फिल्मी करियर समेत राम्रो थियो । विवाहपछि विस्तारै फिलम अभिनयबाट टाढा रहेकी करिश्मा २०२० मा रिलिज भएको वेब सिरिज ‘मेन्टलहुड’ मार्फत ओटीटी डेब्यू गरेकी थिइन् । श्रृङ्खला विभिन्न आमाहरूमा आधारित थियो, जसले आफ्ना छोराछोरीहरूलाई विभिन्न तरिकाले हुर्काउँछन् । सिरिज अल्ट बालाजी र जी फाइभमा रिलिज भएको हो ।
लारा दत्त
पूर्व मिस युनिभर्स लारा दत्ताले डिज्नी प्लस हटस्टारको वेब सिरिज ‘हन्ड्रेड’ बाट आफ्नो ओटीटी डेब्यु गरेकी थिइन् । यस सिरिजमा उनले एसीपी सौम्या शुक्लाको भूमिका निभाएकी छिन् । जी फाइभको सिरिज ‘कौन बनेगी शिखरवती’ मा पनि लारा दत्तले राजपरिवारकी राजकुमारी देवयानीको भूमिका निर्वाह गरेकी थिइन् ।
पूनम ढिल्लन
यश चोपडाको खोज भनेर चिनिने अभिनेत्री पूनम ढिल्लनको पनि ओटीटीको आगमनसँगै दिनहरु बितिरहेका छन् । पूनम ढिल्लन आजकल टेलिभिजन र ओटीटीमा धेरै देखिएकी छिन् ।
उनको एउटा श्रृंखला ‘दिल बेकरार’ ८० को दशकको साझा परिवारको कथा हो र यो अन्जु चौहानको उपन्यास ‘सम अनमोल ठाकुर गल्र्स’ मा आधारित छ ।
जीनत अमान
आफ्नो समयकी चर्चित अभिनेत्री जीनत अमानको पनि ओटीटी राम्रो छ । उनले ‘लभ लाइफ एन्ड स्क्रू अप्स’ नामक वेब सिरिजबाट ओटीटी डेब्यू गरेकी थिइन् ।
श्रृंखलामा जीनत अमानले एक वयस्क महिलाको भूमिका निभाएकी थिइन्, जो युवा पुरुषसँग समय बिताउन रुचाउँछिन् ।

















