कलैया,बाराको महागढीमाई नगरपालिका अन्तर्गतको प्रहरी चौकी गंजभवानीपुर र बरियारपुरका प्रहरीले स्थानीय व्यापारी र सर्वसाधारणसंग जथाभावी रकम असुल्दै आएका छन ।

प्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायब निरीक्षक नारायण साहले स्थानीय व्यापारी र सर्वसाधरण सेवाग्राहीहरुबाट समेत अवैध रुपमा रकम असुल्दै आएको स्रोतको दाबीे छ ।

प्रहरी नायब निरीक्षक साहले सवारीसाधन दुर्घटनामा आपसी सहमति गराउदा सेवाग्राहीसंग रकम माग्ने गरेको गुनासो छ । जिल्लाको प्रमुख बजारको रुपमा रहेको गंजभवानीपुरका व्यवसायीहरुसंग समेत उनले विभिन्न बहानामा रकम असुल्ने गरेको नाम नछाप्ने शर्तमा स्थानीय एक व्यवसायीले बताएका छन ।

त्यसैगरी भारतबाट अबैध रुपमा भन्सार छली गरि ल्याइएको लत्ताकपडा, कस्टमेटिक समान, भडाबर्तन, मोटरसाइकलको पार्टपुर्जा, किराना सामान ओसारपसार गर्ने तस्करहरुसंग मिलेर प्रतिमोटरसाइकल ३ हजारदेखि ५ हजारसम्म महिनवारी नजराना लिने गरेका छन । प्रहरी नायब निरीक्षक साहले घरेलु मदिरा भट्टी संचालक, गाँजाको बिक्री वितरण गर्ने समूहसंग समेत रकम असुलिरहेको स्थानीयले बताए ।

यसैगरी प्रहरी चौकी बरियारपुरका प्रहरी नायब निरीक्षक अरुण राउतले नेपाली नागरिकताको प्रमाण पत्र लिनको लागि सिफारिस गरे बापत सर्वसाधारणसंग पैसा लिने गरेको गुनासो छ । त्यस्तै लत्ताकपडाको तस्करी गर्ने स्थानीय खेना यादव, प्रमोद यादव, मिश्रीलाल यादव, भैंसी व्यापारी, किराना मालसामान ओसारपसार गर्ने प्रेम साह, पंण्डीतजी लगायत दर्जनौ अवैध कारोबारमा संलग्नहरुसंग अनुल्ने गरेको बताइएको छ ।

प्रहरी नायब निरीक्षक यादवले सुर्ती व्यापारी, कपडाका घुम्ति व्यापारीहरुसंग पनि रकम असुल्न नछोडेपछि स्थानीय ब्यापारीहरु आक्रोशित बनेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here