कृपा संवाददाता
बिरगंज , १६ फागुन । जिल्ला प्रहरी कार्यालय पर्सामा एकै परिवारका तिन वटा बच्चा हराएको निवेदन परेको थियो । प्रहरीले दिएका जानकारी अनुसार एक वर्षिय प्रशान्त , ५ वर्षीय अमरद्विप साह र ३ वर्षीय आँसु कुमारी हराएको भनी निवेदन परेको सुनाए ।

 

 

 

 

 

 

हराएको तिन जना मध्ये शुक्रबार एक वर्षिय प्रसान्तको शव सिर्सिया खोलामा फेला परेको छ । भने अन्य ५ वर्षीय अमरद्विप साह र ३ वर्षीय आँसु कुमारी अझै फेला पर्न सकेका छैनन् । भारत बिहार रतनपुरी घर भइ बिरगंज चण्डाल चोकमा ग्यारेजमा काम गर्दै आएका रमोद साहका एक वर्षिय छोरा प्रशान्त साह मृत भेटिएका हुन् ।

 

 

 

 

 

प्रहरीले बाराको महागढीमाई बरियारपुर नजिकै मलहनी माइती घर भएकी रमोदको श्रीमती उर्मिलादेवीलाई नियन्त्रणमा लिएर अनुसंधान गरीरहेको जनाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक वीरेन्द्र शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 

 

 

 

 

तीनजना बालबालिका हराएको उजुरी आएको थियो, जसमध्ये एक जना मृत अवस्थामा भेटिएका छन् । बाँकी दुई जनाको खोजी गरिरहेका छौं,’ उनले भने, नदी किनारमा बालबालिका कसरी पुगे ? भन्ने बुझ्नका लागि आमालाई नियन्त्रणमा लिएर सोधपुछ कार्य भईरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here