सिकिन्द्र साह

सिम्रौनगढ,जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सद्स्य एंव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य रामसहाय यादवले आफूले जहिले पनि मधेसी जनताको हितमा काम गर्दै आएको बताउनुभएको छ ।

 

जनता समाजवादी पार्टी नेपाल पचरौता नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा शुक्रबार सम्वोधन गर्दै नेता यादवले जसपा त्यागेर गएका अन्य नेताहरुलाई आउदो चुनावमा जनताले नै कारबाही गर्र्ने बताउनुभयो ।

मधेस आन्दोलनको फलस्वरूप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संशोधन गर्दै जानु पर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा विद्यमान विभिन्न जातजाति, धर्म, लिङ्ग र जनसंख्याको आधारमा राज्यको संरचना सृजना गर्नुपर्ने नेता यादबले बताउनुभयो ।

कार्यकर्ता भेला तथा पार्टी पवेश कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएको यादवले केन्द्र सरकारको बारेको ब्याख्या गर्नुभएको थियो । प्रदेश सरकार र देशको पुर्नुसंरचनाअनुसार एकमात्र विकल्प जसपा नेपाल भएको पनि उहाँले बताउनुभयो । जसपा पार्टीले सधैं मधेशको हितमा लडेको यादबले बताउनुभएको थियो । उहाँले जनताको पक्षमा काम गर्दै आएको हुँदा जनताले पनि जसपालाई नै रोज्नु पर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जसपा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य पारसप्रसाद साहले प्रदेश अन्तर्गत नै प्रदेश प्रहरी, लोकसेवा आयोगको अवधारणा ल्याएर लागु गर्नु पर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा प्रदेश नम्बर २ का प्रदेश सभा सद्स्य बच्चा राउत अहिर, जिल्ला उपाध्यक्ष धर्मबिर यादव, संविधानसभा सद्स्य प्रमोद गुप्ता, प्रदेश सद्स्य शारदाशंकर साह लगायतले बोल्नुभएको थियो ।

पचरौता नगरपालिकाका नगर प्रमुख रमेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र लोसपा पार्टी परित्याग गरी ५ सय जनाभन्दा बढी कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here