काठमाडौँ। गायक Yubaraj Chaulagain को नयाँ गीत ‘दिल जलाउनेसँग’ सार्वजनिक भएको छ। रमेश क्षेत्री र प्रजन बस्नेतको शब्द रहेको गीतमा ऋषि खड्काको संगीत रहेको छ।
गीतले माया र सम्मानको कदर नगर्ने सम्बन्ध र आफ्नै व्यक्तिबाट अपमान सहनुपर्ने अवस्थाको भावनात्मक कथा प्रस्तुत गरेको छ। यस्तो परिस्थितिमा सम्बन्ध टिकाउन नसकिने यथार्थलाई गीतमार्फत सशक्त रूपमा अभिव्यक्त गरिएको छ।
गीतको भिडियोमा अञ्जली अधिकारी र रमेश क्षेत्रीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशनसमेत रमेश क्षेत्रीले नै गरेका हुन्।
उक्त गीत रमेश क्षेत्रीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भावनात्मक कथावस्तु र सशक्त सन्देशका कारण गीतले दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ


















