निजगढ,बारा प्रहरीले जिउँ मास्ने बेच्ने तथा डाँका मुद्दामा २० वर्षदेखि फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले जिउ मास्ने बेच्ने तथा डाँका मुद्दामा फरार रहेका प्रतिवादी करैया गाउँपालिका वडा नम्बर ३ का शत्रुधन साह कानुलाई शनिवार पक्राउ गरेको हो । साहलाई महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुर बजारमा लुकीछिपी हिडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले बताएकोछ ।
प्रतिवादी साहसहितको ७÷८ जनाको टोलीले जिल्ला बारा करैयामाई गाउँपालिका वडा नम्बर ३ बस्ने रामअयोध्याप्रसाद केशरीको छोरा देवेन्द्रप्रसाद केशरीलाई कलैयास्थित निर्माणाधिन घरबाट फर्किने क्रममा पसाह खोला किनारमा २०५९ जेष्ठ ३१ गते हातहतियार देखाएर उनको साथमा रहेको नगद १० हजार लुटपाट गरी भारतको आदापुरमा लगेर भारतीय नागरिकलाई २० हजार रुपैयामा बिक्री गरेको मुद्दा बारा जिल्ला अदालतमा मुलतबीमा रहेकोर कानुनबमोजिम कारबाहीको लागि सम्मानित जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।


















