मनोज शाह

जीतपुर,नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) डुमरवाना र फत्तेपुर कमिटीको आयोजनामा फत्तेपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सरसफाइ गरेको छ ।

अनेरास्ववियुका विद्यार्थीहरुले विद्यालयको कक्षा कोठासहित विद्यालय परिशरको सरसफाइ गरेका हुन । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष श्यामबाबु खा थारुले विद्यार्थी संगठनहरुको सक्रियताले समाजमा साकारात्मक सन्देस जाने र अरु विद्यार्थीहरुमा पनि सामाजिक काम गर्नुपर्छ भन्ने भावन वृद्धि हुने बताउनुभयो ।

सरसफाइ कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्यहरु रितिका श्रेष्ठ, उत्तम शाह, महमद अजुरिदिन, राष्ट्रिय युवा संघ नेपालको जिल्ला नेता गणेश कोइराला, अनेरास्ववियु नगर कमिटी उपसचिव सिर्जना गिरी, फत्तेपुर कमिटीका अध्यक्ष निरज खा थारुलगायतका विद्यार्थीहरुको उपस्थति रहेको अनेरास्ववियु नगर कमिटी सचिव अरुण तामाङले जानकारी दिनुभयो ।

Leave a Reply