कृपा संवाददाता
बारा –  महाशिवरात्री पर्वको अवसरमा ब्रम्हकुमारी राजयोग केन्द्र बाराले प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
कलैया उपहमानगरपालिका वडा नम्वर ४ स्थित आर्दशटोलमा निर्माण कै क्रममा रहेको आफनै भवनमा शुक्रवार ८४ औ महाशिवरात्री पर्वको अवसरमा ब्रम्हकुमारी राजयोग केन्द्र कलैयाले प्रवचन कार्यक्रम आयोजना गरेको हो ।
प्रवचन कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक विके राज घलेले भगवान शिव पार्वतीको महिमाको बारेमा प्रवचन दिएका थिए ।

 

 

 

 

 

 

भगवान शिवको उत्पती भएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा रहेको प्रवचन कार्यक्रममा बताईएको थियो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई कष्टपुर्ण जिवन यापन गरिरहेकोहरुको मनमा भगवनाको महिमा जाग्रित गर्न दिनको रुपमा पनि यो पर्वलाई लिने गरिएको छ ।

 

 

 

 

 

विरगज ब्रम्हकुमारी राज योग केन्द्रका प्रमुख सञ्चालिका रविना दिदिको अध्यक्षतामा भएको प्रवचन कार्यक्रमका वक्ताहरुले ब्रम्हकुमारी राज योग केन्द्र यस्तो एउटा ठाउ हो जाहा हरेक समस्याको निराकरण हुने बताएका थिए । सुख र शान्तिको लागि भौतारि रहेकाहरुको लागि जडिबुटिको रुपमा रहेको औल्याएका थिए । प्रवचन कार्यक्रममा भगवान शिव पार्वतीको भेषमा रहेको कलाकारले आफनो प्रतिभा समेत देखाएका थिए । कार्यक्रममा स्वागत मन्तव्य कलैया राजयोग सेवा केन्द्र कि सञ्चालिका मिना दिदीले गरेकी थिईन भने सञ्चालन सुष्मा बहनले गरेकी थिईन ।

 

 

 

 

 

 

 

 

नेपाल कम्युनिष्ट पार्टीका बलबिर चौधरी,वडाध्यक्ष पुन्यदेव रौनियार, नेपाल शिक्षक संघका अध्यक्ष परमहस यादव, सचिव राजकिशोर सहनी,देवेन्द्र गिरी, जगबहादुर यादव, भरतबहादुर मल्ल, गोपाल अग्रवाल,रामधारी यादव, रामबाबु यादव, लगायतको सहभागिता रहेको सञ्चारकर्मी राकेश पाण्ड, अनिल गौरवे लगायतको सहभागिता रहेकेो थियो ।

Leave a Reply