वीरगन्ज,वीरगंज महानगरपालिका वडा नम्बर– १८ भवानिपुरबाट प्रहरीले ठुलो परीमाणमा लागु औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर– १८ भवानिपुरको सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०१–००६ ख १८२८ नम्बरको ट्रकको खानतलासी गर्दा ४ वटा ठूलो प्याकेट बनाई ट्रकको क्याबिनभित्र सीट पछाडि लुकाईछिपाई राखिएको अवस्थामा ६५ किलो लागुऔषध गाँजा सहित मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने ५१ वर्षिय रामकुमार मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो । बरामद गाँजा र ट्रक सहित पक्राउ परेका चालक मोक्तानलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।