बीरगञ्ज १४ भदौ ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते हुने संघ र प्रदेशको चुनाव बारे क्षलफल गर्न रणनिति तय गर्न भेला आयोजना गरिएको वताइएको छ ।

भेलामा वोल्ने अधिकांश नेताहरुले गठबन्धनको विरोध गरेका थिए । गठबन्धनले पार्टीलाई क्षति मात्र हुने वोल्ने वक्ताहरुको भनाई थियो । स्थानिय तह निर्वाचनमा भएको गठबन्धनका कारण पनि पार्टीलाई क्षति पुगेको नेताहरुले बताएका थिए । भेलामा संस्थापन पक्षका नेताहरुले टिकट वितरणको सवालमा एकलौटी गरे स्वतन्त्र उम्मेदवारी दिने सम्मको चेतावनी दिईएको थियो ।

भेलामा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्य, पूर्व जिल्ला सभापति अजय द्विवेदी, संविधान सभा सदस्य रामेश्वर रौनियार, प्रदेश सभा सदस्य राजेश्वर साह, पूर्व जिल्ला सचिव श्याम पटेल, लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply