नरेश गुप्ता
बरियारपुर,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाराको जिल्ला भेला शनिबार सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी समाजवादी पार्टीको भातृ संगठनको रुपमा रहेको अनेरास्ववियुको जिल्ला भेलाले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
अनेरास्ववियुको जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय महासचिव आरती लामाले विद्यार्थीहरु राष्ट्रको जनशक्तिको रुपमा रहेकोले देशको विकासमा विद्यार्थी संगठनको आवश्यक्ता पनि अनिवार्य रहेको बतउनुभयो । विद्यार्थी आन्दोलनले देशमा विभिन्न परिवर्तन ल्याएको बताउदै राष्ट्र, राष्ट्रियताप्रति बफादार भइ देशको विकासमा जुटन विद्यार्थी समुदायमा आग्रह गर्नु भयो ।
अनेरास्ववियु बाराका कार्यबाहक अध्यक्ष राजेश गुप्ताको अध्यक्षतामा भएको जिल्ला भेलाले मुकेशप्रसाद कुशवाहाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा अशोक श्रीबास्तब, रमिता शर्मा, जितेन्द्र साह, सचिवमा निलम कुमारी, दिग्मबर पासवान, अष्मिता रेग्मी र सदस्यहरुमा रितेश कुशवाहा, मनोज राम, गोनीकुमार ठाकुरलगायत रहेका छन ।
नेपाल कम्युनिष्ट पार्टी समाजवादीका बारा जिल्ला उपाध्यक्ष बिजेन्द्र चौधरी र नेता छठुप्रसाद यादवको उपस्थितिमा भेला सम्पन्न भएको हो ।