सिमरा,जीतपुरसिमरा उमपहानगरपालिकाले विद्यालय समयमा आफ्नो कक्षा छाडेर अन्यत्र जाने शिक्षकलाई उपमहानगरपालिकाले कारबाही गर्ने भएको छ ।सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिका विद्यालय समयमा अन्यत्र जाने गरेको गुनासो बढेपछि उपमहानगरपालिकाले त्यस्ता शिक्षकमाथि कारबाही गर्ने जनाएको हो ।
उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादले सोमवार एउटा सार्वजनिक सूचना निकालेर अब विद्यालय छाडेर अन्यत्र पढाउन जाने शिक्षक शिक्षिकालाई कारबाही गरिने जनाउनुभएको छ ।
सूचनामा भनिएको छ, विद्यालय छाडेर शिक्षक शिक्षिका अन्य विद्यालयमा कक्षा ११र १२ मा पढाउन जान्छन् भन्ने जनगुनासो आएको हुँदा अन्य विद्यालयमा जाने शिक्षक र जाने दिने प्रधानाध्यापकलाई कारबाही गरिनेछ ।
विगत लामो समयदेखि उपमहानगरपालिकाका शिक्षक शिक्षिका विद्यालय समयमा कक्षा छाडेर अन्यत्र जाने गरेपनि उपमहानगरपालिकाल कारबाही गर्न भने सकेको थिएन ।

















