नेपालीहरुको महान पर्वहरु धमाधम भित्रिदै छन् । दशैं नेपालीहरुको घर आँगनमा आउदैछ । नेपाल चाडवाडमा निकै धनी छ । विश्वलाई समेत लोभ्याउने खालको संस्कृति नेपालीहरुसंग छ । दशैं पनि यसैको एउटा उदाहरण हो । दशैंको धार्मिक पक्ष जे भएपनि सांस्कृतिक रुपमा भने पारिवारिक मिलनको रुपमा यसलाई लिन सकिन्छ । कमाउने सहित विभिन्न उद्देश्य लिएर घर छाडेर व्यक्तिहरु यो पर्वमा घरमा आउने भएकाले पनि यसको सांस्कृतिक महत्व भने वर्षौंसम्म रहने नै छ ।
तर, यही चाडवाडको समयमा फेरि ठगिनेहरुको संख्या पनि उत्तिकै छ । नेपालमा आम मानिसकहरु दुई प्रकारले ठगिने गर्दछन् । सरकारी तवरबाट पनि नागरिकहरु ठगिने गर्दछन् ।चाडवाडको बेलामा सरकारले आफै आफ्ना नागरिकहरुलाई मुल्य बढाएर ठग्ने गर्दछ भने अर्को व्यवसायीको नाउँमा ठगिने गरेका छन् । यसैमा यात्रु ठगिने गर्दछन् । दशैंको नाउँमा यातयात ब्यवसायीहरुले त लुट नै मच्चाएका हुन्छन् ।प्रहरीले नागरिकहरु नठगिउन भनेर यात्रु सहायक कक्षको स्थापना गरेको हुन्छ तर यात्रुहरु भने हरेक वर्ष ठगिने नै गरेका छन् । प्रहरीको समेत भूमिका यात्रु ठगिने विषयमा शंकास्पद नै हुने गरेको छ । यसको आरोप समेत प्रहरीले खेप्दै आइरहेको छ ।यसपालीको दशैं सहितको पर्वमा आम नागरिकहरु हिँड्दा ठगिनु भएन । बारामा पनि यात्रु सहायक कक्ष बनाइएको छ । यसको यथोचित प्रयोग होस् र प्रहरीको सहयोग पनि प्रभावकारी बनोस् ।















