निजगढ,नेपाल विद्यालय कर्मचारी परिषदले आइतवारबाट आह्वान गरेको सामुदायिक विद्यालय बन्दको निजगढ नगरपालिकाभित्र आशिंंक प्रभाव परेको छ ।
बन्द आह्वानका कारण निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर मावि सडकटोल, निजगढ ८ को गौरीशंकर मावि, बकैया ठाकुर मावि, निजगढ ७ स्थित नेत्रोदय माविमा पठनपाठन सूचारु भएको थियो भने निजगढ ५ स्थित सार्वजनिक मावि लगायत सिगौंल र रतनपुरमा रहेको सबै सामुदायिक विद्यालयहरु बन्द भएका थिए ।
यसैबीच नेपाल राष्ट्रिय शिक्षक संघठन निजगढ नगर कमिटीले आइतवार एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरुको अन्दोलनमा एक्यवद्धता जनाएको छ । संघठनको निजगढ नगर अध्यक्ष हस्तबहादुर लामाको हस्ताक्षरमा जारी विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीहरुले अतिन्युन तलब सुविधामा सेवा गर्दै आएको र उनीहरुमाथि सरकारव्दारा गरिएको विभेद विरुद्ध कर्मचारीहरुले गर्दै आएको आन्दोलनप्रति संघठन नैतिक समर्थनसहित एक्यवद्धता जनाउदछ भनिएको छ ।
अध्यक्ष लामाले आइतवार केही विद्यालयहरु संचालनमा आएको भए पनि आन्दोलनको समर्थनमा सोमवारबाट भने निजगढका सबै विद्यालयहरु बन्द गरिने बताउनुभएको छ ।
आफूहरुलाई तलब र सेवा सुविधामा विभेद गरिएको भन्दै विद्यालय कर्मचारीहरुले निजगढका सबै सामुदायिक विद्यालयहरु आइतवारदेखि आगामी भदौं १८ गतेसम्मको लागि बन्द आह्वान गरिएको नेपाल विद्यालय कर्मचारी परिषद बारा जिल्ला पूर्वउपाध्यक्ष एंव सार्वजनिक मावि बागदेवका लेखापाल नवराज गौतमले जानकारी दिनुभयो । विद्यालयका कर्मचारीहरुलाई पनि शिक्षकको सरह तलब, भत्ता र अन्य सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग गर्दै विद्यालयमा कार्यरत कर्मचारीहरुले भदौं ५ गतेदेखि काठमाण्डौं केन्द्रीत आन्दोलन संचालन गर्दै आएका छन ।