बीरगंज, १० भदौ ।
वीरगञ्जका संस्थागत विद्यालयको अनियमितताको विरोधमा अभिभावक संघर्ष समिति सडकमा उत्रिएपछि संस्थागत विद्यालय र अभिभावक बीचको सम्बन्ध पेचिलो बनेको छ । बिभिन्न शिर्षक र बहानामा चर्को शुल्क लिएको, पुस्तक व्यवसायीस“गको मिलोमतोमा वर्षैपिच्छे पाठ्यक्रम फेरेको, विद्यार्थीको परीक्षा रोकेरै शुल्क असुल गर्न खोजेर मानसिक यातना पु¥याएको लगायतका विषयलाई लिएर अभिभावकहरु संस्थागत विद्यालय विरुद्ध पटक–पटक सडक संघर्षमा उत्रिएका छन् ।

विद्यालयको वर्गिकरण, शुल्क निर्धारण वीरगञ्ज महानगरपालिकाले नगर्दासम्म परीक्षा रोकेर विद्यार्थीको शुल्क नउठाउने प्रतिबद्धता जनाएका विद्यालयले शुल्ककै लागि परीक्षा रोक्न खोजेपछि अभिभावकहरु बाध्य भएर सडकमा उत्रनु परेको संघर्ष समितिका संयोजक सन्दिप साह बताउ“छन् । अभिभावकले नया“ शैक्षिक सत्र सुरु भए यतादेखि संस्थागत विद्यालयको बेथितिका विरुद्ध संघर्ष गर्दै आएका छन् ।

महानगरपालिकाका मेयरकै रोहबरमा संस्थागत विद्यालय संचालक, अभिभावक सहित बसेको बैठकले एक महिनाभित्रै विद्यालयको वर्गिकरण गरेर शुल्क निर्धारण गर्ने सहमति गरिएको थियो । महानगरले गरेको शुल्क निर्धारण अनुसार आफूहरु शुल्क बुझाउन तयार रहेको अभिभावकहरुको भनाई छ ।

वीरगञ्ज महानगर पालिकाले शिक्षा समितिलाई पूर्णता दिएर अभिभावकले उठाएको मुद्धालाई सम्बोधन गर्ने तयारी गरेको छ । अहिले शिक्षा समितिले पूर्णता पाइसकेको र अब संस्थागत विद्यालयमा देखिएका अनियमितताका बारेमा अध्ययन गरेर समस्या समाधान गरिने महानगरले जनाएको छ । यता शैक्षिक सत्रको सुरुवात देखि नै संघर्षमा उत्रिएका समितिका पदाधिकारीलाई संस्थागत विद्यालयका सञ्चालकहरुले एक्लै भेटौ“ भन्दै बार्गेनिङ गर्न खोजिरहेको अभिभावकहरुले आरोप लगाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) वीरगञ्जका अध्यक्ष समेत रहेका सनलाईट माविका प्रधानाध्यापक आलोक चौरसियाले एक्ला एक्लै भेटौ“ भन्दै आन्दोलन रोकेर मिलेर जान प्रस्ताव गरेको संघर्ष समितिका पदाधिकारी नै बताउ“छन् । हामी एक्ला एक्लै भेट्न किनजानु भन्दै आफूहरु सामूहिक छलफल गर्ने भए आउने नभए नआउने भन्दै उनीहरुको प्रस्ताव ल त्याएको ती पदाधिकारीको दावी छ ।

पटक–पटक फोन गरेर चौरसियाले आन्दोलन मत्थर पार्न विभिन्न प्रलोभन दिएको भन्दै ती पदाधिकारीले आफूहरुले उठाएको माग सम्बोधन नहु“दासम्म कसैस“ग कुनै प्रकारको मोलाहिजा नगर्ने उनले अभिभावकलाई विश्वास दिलाए । त्यतिमात्रै होइन अन्य विभिन्न निजी विद्यालयका सञ्चालकहरुले फोन गरेर आफूहरुलाई आन्दोलन फिर्ता लिए सहयोग गर्छौ“ भनेर भन्ने गरेको संघर्ष समितिका पदाधिकारी बताउ“छन् ।

Leave a Reply