निजगढ,निशुल्क स्वास्थ्य शिवीरकामना सेवा बिकास बैक र निजगढ सिटी हस्पिटलको आयोजना तथा लायन्स क्लब अफ निजगढ सिटीको सहआयोजनामा शनिबार निजगढमा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।

निजगढ सिटी हस्पिटल आयोजना गरिएको शिवीरमा २ सय ४० जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लब अफ निजगढ सिटीका जोन चियरपर्सन खड्गराज उप्रेतीले जानकारी दिनुभयो । शिवीरमा फिजिसियन डाक्टर अनिलकुमार साह, सर्जन डाक्टर दिपेन्द्र मलिक, हाडजोर्नि बिषेशज्ञ डाक्टर रुपेश झा लगाएतका डाक्टरहरुद्धारा बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिवीरमा बिरामीहरुलाई निशुल्क ल्याब तथा औषधि समेत वितरण गरिएको लायन्स क्लब अफ निजगढ सिटीका जोन चियर पर्सन उप्रेतीले जानकारी दिनुभयो ।

Leave a Reply