आर.के.चौधरी
सखुवाप्रर्सौनी,सखुवाप्रसौनी गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा लघु उद्यम विकास कार्यक्रम अन्तरगत वडा नम्बर १ मा तरकारी खेतीमा आधारित उद्यमीहरूको स्तरोन्नति तालिम आइतवार सम्पन्न भएको छ ।गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बशुदेव महतो थारुको अध्यक्षतामा भएको तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेर तालिमको औपचारिक रूपमा समापन गरिएको थियो ।कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख विनोद यादवको विशेष उपस्थिति रहेको थियो । तालिममा कृषि शाखाका प्रमुख प्रिया साह तेलसहित नायब प्राविधिक सहायक दयाराम वाग्ले, मुकेशप्रसाद कुर्मी र कृपासिन्दु गौरो प्रशिक्षकको रूपमा उपस्थित भई सहभागीहरुलाई व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंको आर्थिक सहयोगमा आयोजित उक्त तालिम २०८२ जेष्ठ ३० गतेदेखि असार ५ गतेसम्म संचालन गरिएको थियो । तालिम समापन समारोहका अवसरमा वडा अध्यक्ष महतो थारुले सहभागीहरुलाई प्रमाणपत्र, बिनोद यादव, दायाराम वाग्ले र उद्यम विकास सहजकर्ता भूपेन्द्र सिंह धामीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।यस तालिममार्फत स्थानीय स्तरमा तरकारी खेतीसँग सम्बन्धित उद्यमशिलता प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । कार्यक्रमले लक्षित वर्गका लागि आत्मनिर्भरता र आर्थिक उन्नतिमा टेवा पु¥याउने विश्वास लिइएको छ ।


















