रौतहट — दुर्गा भगवती गाउँपालिकाले आर्थिक भार कम गर्न र कानुनी प्रक्रिया अनुसार जनशक्ति व्यवस्थापन गर्न दैनिक ज्यालादारीमा कार्यरत २० जना कर्मचारीलाई साउन १ गतेदेखि काममा नलगाउने निर्णय गरेको छ। पालिकाले सबै वडा, शाखा, स्वास्थ्य संस्था र विद्यालयलाई परिपत्र जारी गर्दै यो निर्देशन दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवका अनुसार, राजस्वमा आएको गिरावट, संघ र प्रदेश सरकारबाट आउने रकममा कटौती तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अनुसार सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

पालिकाले अब कानुनी दायराभित्र रहेर आवश्यक जनशक्ति स्थायीतर्फबाट व्यवस्थापन गर्ने योजना बनाएको जनाएको छ।

Leave a Reply