वीरगन्ज,साहिब दरवार सेवा संस्थाले बिहीबारदेखि निःशुल्क खाना वितरण शुरु गरेको छ । दोस्रो पटकको कोरोना लहरले गर्दा लागेको निषेधाज्ञामा भोकै पेट बस्नु परेका गरीब निमुखा अहसायहरूको पेट भर्न पुनः साहिब दरबार सेवा संस्था, समर्पण सेवा संस्था र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगन्जमा निःशुल्क भोजनको व्यवस्था गरेको साहिब दरवार सेवा संस्थाका अध्यक्ष राजेशमान सिंहले जानकारी दिनुभयो । भोजन व्यवस्थापनमा उमेशलाल सहनी, रूपेशमान सिंह, जयप्रकाश महत्तो, बिशोरी ठकुराई, अफरोज आलम, राहुल तुल्स्यान, किशोर सिंह ठकुरी, मनिष ठकुरी, बिनोद बैठा, संदीप बैठा लगायतले सहजीकरण गर्नुभएको सिंहले बताउनुभयो । बिहबिार २ सय प्याकेट खाना वितरण गरिएको एकजना अभियान्ता ओमप्रकाश सरार्फले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here