जीयालाल चौधरी

कोल्हबी,कोल्हबी नगरपालिका वडा नम्बर २ भलुवाईखोरमा बुधवार बिहान भएको सडक दुर्घटनामा एकजना घाइते भएका छन ।

तामागढी– कोल्हबी हुलाकी सडक खण्डमा बाराको पचरौताबाट कोल्हबी हुदै निजगढतर्फ आउदै गरेको बा .१९ च ३९०९ नम्बरको कारले निजगढबाट कोल्हवी जादै गरेको प्रदेश २ –०३ –००१ ह ७२९ नम्बरको अटोलाई ठक्कर दिदा अटो चालक कोल्हबी नगरपालिका वडा नम्बर १ बटौलिया बस्ने ईश्वर चौधरी गम्भीर घाइते भएका छन ।

घाइते चौधरीको टाउकोमा चोट लागेको र उनको कोल्हबीस्थित जननायक अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी पोष्ट झुरझुरका प्रहरी हवल्दार पकंज शर्माले जानकारी दिनुभयो । निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने दिनानाथ साहको परिवारका सदस्यहरु चढेको कार दुर्घटनामा परेको हो । कारमा सवार ४ जना सबै सकुशल रहेको तथा अटोका चालक मात्र घाइते बनेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर अटो पुर्णरुपमा क्षति भएको छ र कारमा पनि सामान्य क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here