कलैया,पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नम्बर ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी मन्त्री बन्नुभएको छ । नेकपा एमालेको भागमा परेको ८ मन्त्रालय मध्ये साहले कृषि तथा पशुपन्छी मन्त्रीको जिम्मेवारी पाउनुभएको हो ।

साहसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधवार बेलुकी आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।साह यसअघि २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्री बन्नुभएको थियो । तर राष्ट्रपति निर्वाचनमा प्रचण्डबाट धोका पाएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

अघिल्लो वर्ष प्रचण्ड नेतृत्वको सरकारमा गएका चार मन्त्रीलाई पुनः अवसर दिँदै एमालेले मन्त्रीको नाम टुंगो लगाएको थियोे । दुई पटक छोटो अवधिका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्नुभएकी साहले तेस्रो पटक पुनः सोही मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।योसंगै साह चौथो पटक नेपाल सरकारको मन्त्री बन्नुभएको छ । यसअघि उहाँ पहिलो पटक २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री हुनुभएको थियो भने २०७८ मा केपी ओली नेतृत्वको सरकार र २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्री बन्नुभएको थियो ।
साह २०६४ सालमा नेकपा माओवादीबाट समानुतिकतर्फबाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएकी साह २०७४ सालमा बारा क्षेत्र नम्बर ३ (१) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भङ्ग भएपछि पनि साह भनेएमालेतर्फ लाग्नुभएको थियो । जसका कारण माओवादी केन्द्रले उहाँलाई प्रदेशसभा सदस्य पदबाट हटाएको थियो ।प्रदेशसभा सदस्य पद गुम्ने भएपनि एमाले नछाडने साहलाई अध्यक्ष ओलीले मधेस प्रदेश (तत्कालिन प्रदेश २) को पार्टी अध्यक्ष समेत बनाउनुभएको थियो । साह २०७९ सालको निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट जसपाका रामबाबु यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

Leave a Reply