अब लगभग मंसिर महिना अन्त्यतिर लाग्दैछ । अहिले त तराई मधेसमा पारिलो घाम लागि नै रहेको छ नै तर अब यो पारिलो घाम लामो समयसम्म तराई मधेसका नागरिकहरुले ताप्न पाउने अवस्था हुँदैन ।यो वर्ष पुसमा पनि घाम लागोस् भने पनि यहाँको प्राकृतिक बनोटका आधारमा घाम लाग्ने संभावना कम रहन्छ । तराई मधेसमा विशेष गरी पुस लागेपछि शीतलहर चल्ने गर्दछ । शीतलहरका कारण अनाहकमा नागरिकहरुको ज्यान जाने गर्दछ ।हरेक वर्ष चिसोका कारण यस क्षेत्रमा मानिसहरुले ज्यान गुमाउन परि नै रहेको छ । केही वर्ष अगाडिको तुलनामा चिसोबाट पीडितहरुको संख्या घटे पनि अझै पनि नागरिकहरु शीतलहरबाट ज्यान गुमाउन परेको खबरहरु आउने गर्दछ । आफ्ना नागरिकहरुले ज्यान गुमाउन नपरोस् भनेर स्थानीय सरकारहरु सचेत हुन आवश्यक छ । सचेत मात्रै होइन नीति नै बनाउनु पर्दछ ।अब यसका लागि तयारी थाल्न आवश्यक छ । अब पुस लाग्छ अनि नीति बनाएर हुँदैन । अहिलेबाट नै संघीय सरकारका निकायहरुको समन्वयमा समेत स्थानीय सरकारले नीति बनाए भने चिसोबाट नागरिकहरुले ज्यान गुमाएका खबरहरु आउने थिएनन् । अहिले त घर आँगनमा नै स्थानीय सरकार भएकाले पनि नागरिकहरुलाई पनि सहज छ । स्थानीय सरकार अनि जनप्रतिनिधिहरुलाई बेलैमा घचघच्चाइएको भने पनि चिसोबाट जोगिन सकिन्छ यसका लागि स्थानीयहरु प्नि बेलैममा तात्न आवश्यक छ ।

Leave a Reply