निजगढ,हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज २०७९ को अवसरमा राप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले निजगढमा आइतवार तीज कार्यक्रम सम्पन्न गरेको छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बैङ्गकुटको सभाहलमा तीज कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अन्जना शाह रावलले पानसमा दिप प्रज्वल गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा लोकदोहोरीसहित दरखाने कार्यक्रमको समेत आयोजना गरिएको राप्रपा निजगढ नगर अध्यक्ष खडक उप्रेतीले जानकारी दिनुभयो ।

कार्यक्रममा राप्रपा केन्द्रीय सहमहामन्त्री मोहन यादव, केन्द्रीय सदस्य विनोद भारती, राप्रपा पूर्वकेन्द्रीय सदस्य सावित्री भारती, राप्रपा जिल्ला अध्यक्ष गिरीधारी चौधरीलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा मधेश प्रदेश सदस्य बासुदेव तिमल्सिना, राप्रपा किसान संगठन केन्द्रीय सदस्य निर्मल खड्का, पर्सा जिल्लाका नेता नरेश साह, .बारा क्षेत्र नम्बर १ (क) अध्यक्ष भक्त दर्लामी, मेचीमहाकाली संयुक्त बुहारी आवाजकी बारा जिल्ला अध्यक्ष सावित्री बराल, राप्रपा निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नगर सचिव राजेन्द्र सापकोटा, युवा संगठनका निजगढ नगर अध्यक्ष क्रान्ति दाहाल, वडा नम्बर ६ का राप्रपाका नेता केशव राउत लगायतको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा लोकदोहोरी गायकमा बद्री राउत र गायिकाहरु सिता लम्साल, प्रमिलाका आले मगर, जशु अधिकारी लगायतको प्रस्तुती रहेको थियो । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढ नगर अध्यक्ष गीता भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी बारा जिल्ला सचिव सिता गौतम उप्रेती र संचालन युवा संगठनकी केन्द्रीय सदस्य सुष्मा बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply