पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बस १८को उचिडी खेल मैदान किनारमा शनिबार बिहान वृक्षरोपण गरिएको छ ।
स्थानीय यूर्निभसल युवा क्लबको आयोजनामा भएको कार्यक्रमको शुभारम्भ बारा क्षेत्र नम्बर ३ का संघीय सांसद रामबाबुप्रसाद यादवले मसलाको बिरुवा रोपेर गर्नुभएको हो ।
वृक्षरोपणअघि खेल मैदान परिशरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले बोटविरुवा पर्यावरण र मानवका लागि महत्वपूर्ण भएको बताउनुभयो ।
‘बोट विरुवा बिना मानव, जीवजन्तु र स्वच्छ वातावरणको कल्पना गर्न सकिदैन, उहाँले भन्नुभयो, जीवका लागि अक्सीजनको आवश्यकता पूरा गर्ने काम बिरुवाले गर्ने भएकाले वृक्षरोपण महत्वपूर्ण कार्य हो ।’
अर्को फरक प्रसंङ्गमासांसद यादवले जनताका समस्या समाधानमा आफु सँधैं तत्पर रहेको र आगामी निर्वाचनमा जनताले आँफुलाई दोह्याउने जिताउने विश्वास व्यक्त गर्नुभयो । ३ वर्ष अघिबाट अलपत्र परेको बालगंगा खोलाको पुल संचालनमा ल्याउन महत्वपूर्ण भुमिका खेल्नु भएका यादवले जैतापुर– रामनगर जोड्ने पुल तत्काल निर्माण गर्ने आफ्नो अर्को लक्ष्य रहेको बताउनुभयो । ‘म सँधै तपाईहरुको बीचमा छु, उहाँले भन्नुभयो,जहिले पनि विकास र जनताको पक्षमा काम गर्ने मेरो जिम्मेवारी हुन्छ ।’
कार्यक्रमका यूनिर्भल क्लबका अध्यक्ष तथा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८का अध्यक्ष चतुरबाबु वाग्लेले वडामा एम्बुलेन्स रपर्यटकीय क्षेत्र निर्माणको आवश्यकता रहेको र यसमा सांसद यादवको सहयोगको आशा रहेको बताउनुभएको थियो ।
वडा अध्यक्षको अपेक्षालाई खेर जान नदिने भन्दै सांसद यादवले सोको लागि आवश्यक कागजात तयार गर्न आग्रह गर्नुभयो । ‘तपाईहरु कागज बनाउनुस, प्रकृया पुरा गर्न करिब ३ महिना लाग्नसक्छ । सबै प्रकृया पुरा गरेर आउनुस म पुनः सांसद हुने बित्तिकै पहिलो काम यहीबाट सुरु गर्छु ।’ यादवले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रम अन्तर्गत करिब डेढ बिगाह क्षेत्रमा मसलाका ४ हजार ५ सय विरुवा रोपिएको छ ।
वृक्षरोपण कार्यक्रममा १८ नम्बर वडा कार्यालय, स्थानीय मिसन एकेडेमी, सुनकोसी साकोस, सहजनाथ कंक्रिट उद्योग, डिभिजन वन कार्यालय बारा,नेपाली सेनाको राष्ट्रिय सेवा दल र स्थानीय समेतको सहयोगमा गरिएको आयोजक क्लबका अध्यक्ष कविराज वाग्ले जनाउनुभयो ।
कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधिहरु, विद्यार्थी, क्लबका पदाधिकारी एंव सदस्यहरु र स्थानीयको उपस्थिति रहेको थियो । क्लबका सचिव श्याम न्यौपानेको स्वागत एवं सामाजिक अगुवा वेदप्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

















