वीरगञ्ज,पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित पोखरिया गाँउमा शुक्रवार बिहान एक घरगोठमा आगलागी हुदाँ लाखौंको धानमाल क्षति भएको छ ।पोखरिया नगरपालिका वडा नम्बर ४ का इम्तियाज मियाँको फुसको गोठसहितको घरमा शुक्रबार बिहान आगलागी हुदाँ घरगोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आगलागी हुदाँ जलेर एउटा भैंसी र १६ वटा खसीबाख्रापनि मरेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन दाहालले जानकारी दिनुभयो ।

मियाँको घरगोठमा लागेको आगो पोखरिया नगरपालिकाको दमकलको मद्दतमा स्थानीयबासी र प्रहरीले मिलेर निभाएको उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा मियाँको घरगोठमा विद्युत सर्ट भएर आगो लागेको देखिए पनि यसबारेमा थथप अनुसन्धान भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।


















