नरेश गुप्ता
बरियारपुर,स्थानीय तहको निर्वाचन नजिकिएसँगै बारामा निर्वाचन आयोगले आफ्नों गतिविधि तीव्र बनाएको छ । निर्वाचनको कार्यतालिका अनुसार काम सुरु गर्न आयोगले बिहिवारदेखि सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समिति बाराको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको हो ।
प्रमुख जिल्ला निर्वाचन अधिकृत खिलनाथ रेग्मीले एक समारोहबीच बिहीवार उद्धाटन गरेसंग कार्यालय सञ्चालनमा आएको हो । उक्त अवसरमा जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किशोर सिंह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरी, सुरक्षा निकायका प्रमुखहरु, राजनितीक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी बिहीवारबाट जिल्लाका १६ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको जनाइएको छ ।


















