कृष्ण मोहन साह
सेढवा,जिराभवानी गाउँपालिका वडा नम्बर १ पिपराका बाढी पिडितहरुलाई शनिबार तीन वटा संस्थाले राहत सहयोग गरेका छन । वीरगन्ज जेसिस र हन्ड्रेडस ग्रुपले बाढी पिडीत १२ परिवारलाई सहयोग गरेका हुन । जेसिसले प्रतिपरिवार पाँच किलोग्राम खाना पकाउने ग्यास र चुलो, सर्फ तथा नुहाउने साबुन सहयोग गरेको छ । त्यस्तै हन्ड्रेडस ग्रुपले एक बोरा चामल, खाने तेल, चिउरा, त्रिपाल, बाल्टिन, जग, सेनेटरी प्याड सहयोग गरेको छ । राहत वितरण कार्यक्रममा वीरगन्ज जेसिसका अध्यक्ष रञ्जन राउत, पूर्वअध्यक्ष शेखर चौधरी, महासचिव अजय चौधरी, सदस्य अनोज चौधरी, सामाजिक अभियान्ता प्रकाश थारु, थारु पत्रकार संघ नेपाल पर्सा शाखाका अध्यक्ष ओमप्रकाश चौधरी, थारु मेलमिलाप परिवारका अध्यक्ष मनोज चौधरी, हन्ड्रेडस ग्रुपका अनिल कुमारले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै सानोपाइला नामक गैह्सरकारी संस्थाले पनि सोही स्थानमा १२ प्याकेज राहत सामग्री वितरण गरेको छ ।