बारा – बारा प्रहरीले गस्तीका क्रममा गए राती देवताल गाउँपालिका–१ बाट ५ लाख मुल्य बराबरका भन्सार छलीका सामान सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी जिल्ला थाना दार्पा ग्राम पुरैनिया ७ बस्ने वर्ष ३२ को सुरेश साह र सोही ठाउँका २१ बर्षका सन्त कुमार साह रहेका प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले भारतबाट भन्सार छली गरी भारतिय अटोमा लुकाई छिपाई ल्याएको अन्दाजी ५ लाख मुल्य बराबरका कस्टमेटिक समान, खेलौना, प्लाष्टिकका भाडाकुडा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुरेश र सन्त कुमारलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पठाईएको प्रहरी उपरिक्षक खनालले जानकारी दिए । त्यस्तै गएराती ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिका वडा नं.१ बट ना ३ च १६०८ नम्बरको पिकप गाडीमा लोड गरी ल्याएको अंन्दाजी २ लाख ५४ हजार बराबरको अवैध छोकडा सहित पिकप गाडी फेला पारी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग राजश्व कार्यालय पथलैया बारामा पठाइएको जनाएको छ ।