सिमरा,अबैध रुपमा तस्करी भईरहेको अवस्थामा प्रहरीले सिमराबाट घरेलु मदिरा बरामद गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयल सिमराले तस्करी भइरहेको रहेको अवस्थामा ७ सय लिटर घरेलु मदिरा बरामद गरेको हो । मदिरासँगै प्रहरीले यात्रु ओसार्ने दुई वटा सवारीका साधनसहित दुईजना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

वीरगन्ज(पथलैया सड्क खण्ड अन्तरर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ सिमरास्थित जगदम्बास्टिल नजिकै हेटौंडाबाट वीरगन्जतर्फ आउदै गरेको ना.७.ख.६९१ नं.को यात्रुबाहक बसको डिकीमा १६ वटा बोरामा ४ सय लिटर र सोहि दिशातर्फ जाँदै गरेको ना.१.ज.२६४४ नं.को म्याजिकबाट १२ वटा बोरामा३ सय लिटर गरि जम्मा ७ सय लिटर मदिराराखेरतस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार बसका चालक वीरगन्ज महानगरपालिका वडा नं. १४ बस्ने नौसाद आलम र म्याजिकका चालक सोहि ठाउँ वडा नं. २१ बस्ने तितेश्वरप्रसाद गुप्तलाई नियन्त्रणमा राखेर अनुशन्धान भईरहेको छ भने तस्करीमा संलग्न व्यक्तिहरु फेला नपरेकाले चालकहरु सहित दुबै सवारीलाई नियन्त्रणमा लिएर यात्रुहरुलाई गन्तब्यतर्फ पठाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Leave a Reply