नरेश गुप्ता
बरियारपुर,विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका संचालकमाथि कारबाहीको मांग गर्दै जिल्ला प्रशासन कार्यलय बारामा उजुरी परेको छ ।
बारा जिल्लाको देवताल गाउँपालिका वडा नम्बर ७ हाल कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्दै आएका वर्ष ४० का संजिव यादवले विद्यालयको कक्षा १० मा अध्ययनरत बिबेक यादवलाई कुटपिट गरी यातना दिएको भन्दै बोर्डिङ्ग स्कुल संचालक रबिन थापामाथि कारबाही माग गर्नुभएको हो ।
विद्यालयमा अध्ययनरत विवेक र सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत काजल यादवसंग चर्को मांसिक शुल्क लिइ अन्य अभिभाकसंग समेत विभिन्न शुल्कको नाममा विद्यालय संचालक थापाले ठगी धन्दा चलाएको पनि उजुरी पत्रमा उल्लेख छ ।
विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीसंग प्रत्येक महिना ५ हजार र बार्षिक शुल्कको नाममा ३ हजार गरि ८ हजार लिएको संजिव यादवले बताउनुभयो । विद्यार्थीलाई कुटपिट गरिएको विषयमा संचालक थापामाथि कारबाही गर्न यादवले जेष्ठ २३ गते नै उजुरी दर्ता गराउनुभएको हो ।
उद्धार गरिएका बालबालिका पालिका प्रमुखको जिम्मा
संरक्षण नेपालले बारा र पर्साका दुई बालबालिकालाई उद्वार गरि बिहिवार सम्बन्धित पालिका प्रमुखको जिम्मा लगाएको छ ।
आदर्श कोतवाल गाउँपालिकाको कार्यालयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय बाल अधिकार परिषद तथा संमक्षण नेपालको सहकार्यमा संचालित बाल हेल्प लाईन १०९८ नेपालद्वारा २ जना बालकलाई गाउँपालिका अध्यक्ष जवारप्रसाद साहको रोहवरमा अभिभावकको जिम्मा लगाइएको छ ।
त्यसैगरी संरक्षण नेपालले वीरगन्ज महानगरपालिकाका १ जना बालकलाई महानगरपालिकाका मेयर राजेशमान सिंहको जिम्मा लगाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका १ जना बालक र एक जना बालिका गरि २ जनालाई जीतपुरसिमरा उपमहानगरपालिकाको बाल कल्याण अधिकारीको रोहबरमा आफ्न्तको जिम्मा लगाइएको छ ।
त्यसैगरी बाराको आदर्श कोतवाल गाउँपालिकाको २ जना बालकलाई गाउँपालिका प्रमुख जवाहरप्रसाद साहको रोहवरमा आफ्न्तको जिम्मा लगाइएको छ । बाल हेल्प लाईन १०९८ नेपाल बाराका कार्यक्रम संयोजक मुकेश कुशवाहाका अनुसार गरिव परिवारका बालबालिकाहरु र जोखिममा परेका बालबालिकाहरुको उद्धार गरेर सम्बन्धित पालिकामार्फत अभिभावकको जिम्मा लगाउने गरिएको बताउनुभयो ।
बालबालिकाको क्षेत्रमा काम गर्ने भारतको बालकल्याण समिति मोतिहारी पुर्वी चम्पारणबाट ईमेलबाट बाल हेल्प लाईनमा जानकारी प्राप्त भएपछि समाजिक अन्वेषण तथा आर्थिक प्रतिवेदन तयार गरि बालकल्याण मोतिहारीसङ्गको सहकार्यमा बालगृहबाट उद्धार गरि आफ्न्तलाई जिम्मा लगाउने गरिएको कार्यक्रम संयोजक बृजमोहन कुशवाहाले जानकारी दिनुभयो ।
त्यस्तै बाल हेल्प लाईन १०९८ नेपालले जोखिममा परेका बालबालिकाहरुलाई उद्धार गरेर अभिभावकहरुसम्म पुर्याउने कार्य गरेको भन्दै आदर्श कोतवाल गाउँपालिका अध्यक्ष साहले संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
बालबालिका जिम्मा लगाउने कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साह, वडा नम्बर २ का अध्यक्ष मनोजप्रसाद मेहता, वडा नम्बर ३ का अध्यक्ष शसीभुषण यादव, ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श च्युटाहाका प्रतिनिधि, बाल हेल्प लाईन १०९८ नेपालका कार्यक्रम अधिकृत कृष्णप्रसाद यादव, रामाकान्त साह, रेखनारायण साह तथा बालबालिकाहरुका आफ्न्तहरुको उपस्थिति रहेको थियो ।