वीरगञ्ज, १४ मंसिर ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी औषधी तथा खुद्रा सामागी लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट ना. ७ख ६८७५ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिलविजक भन्दा पनि बढी खुद्रा तथा औषधी लगायतका सामाग्री बोकेर वीरगञ्जबाट रौतहटतर्फ गइरहेको सूचनाका आधारमा चेकिंग गर्दा विलबिजक शंकास्पद देखिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
पशुपति रोड कैरियर ट्रासपोर्टबाट पठाइएको ट्रकको विलविजक शंकास्पद देखिएको हो ।
५५ लाख ६१ ह्जार ७ सय ६७ रुपैयाँ बराबरको खुद्रा तथा औषधीजन्य सामाग्री फेला पारी थप अनुसन्धनका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।



















