कलैया,नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराको बैठकले कोषाध्यक्षमा बासुप्रसाद चौधरीलाई मनोनित गर्ने निर्णय गरेको छ ।

कलैयास्थित बिपी स्मृत भवनमा बसेको बैठकले चौधरीलाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला कार्यसमिति सदस्य कलावती पासवान, सुनैनादेवी कलवार, चिन्तादेवी यादव, वीरेन्द्र यादव, र मुकेश कुशवाहालाई जिल्ला संसदीय समितिको सदस्यमा मनोनित गर्ने निर्णय समेत गरेको छ ।

बैठकले जिल्ला सभापतिलाई विभिन्न अधिकार सहितको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । जिल्लामा पार्टी अन्तर्गतको समिति र शाखा गठन र मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा पार्टीको उम्मेदवार छनौंट गर्न पार्टीको विधान र नियमावली अनुसार उम्मेदवारको नाम प्रस्तावित र सिफारिस गर्न बस्ने बैठकमा प्रतिनिधि खटाउने जिम्मा जिल्ला सभापति यादवलाई दिने निर्णय बैठकले गरेको छ ।

बैठकले जिल्ला कार्यसमितिले गरेका निर्णय कार्यान्वयन नगर्ने मातहतका निकाय र सम्बन्धित व्यक्तिलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य सहित कांग्रेसका केन्द्रीय नेता समेत सहभागी थिए ।

Leave a Reply