हेटौंडा – मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट सरकारी कार्यालयको आयोजनामा गरिएका कार्यक्रम महगा होटल, रेष्टुरेन्टमा गर्दा नजाने गर्नुभएको छ । सरकारी कार्यालयले होटलमा कार्यक्रम गरेर खर्च धेरै देखाउने भएपछी त्यस्ता कार्यक्रममा नजाने गर्नुभएको हो ।

 

 

 

मकवानपुरका स्थानीय तह, जिल्ला स्थित सरकारी कार्यालय, प्रदेश सरकारका धेरै कार्यक्रम आफ्नै कार्यालयका हल हुँदा पनि पनि हेटौंडाका महगा होटलमा कार्यक्रम गरिदै आएको छ । आफ्नै कार्यालयमा वा आफ्ना हल नभएमा सरकारी कार्यालयको कुनै हलमा गर्न मिल्ने कार्यक्रम पनि होटलमा गर्ने चलन छ । यो परिपाटीको अन्त्य गर्नका लागि अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी भट्ट वताउनुहुन्छ । यो अभियान यसभन्दा अगाडीका जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर वस्दा पनि गर्ने गरेको उहाँले वताउनुभयो ।

 

 

 

 

कुनैपनि सरकारी कार्यालयले वजेट सक्नका लागि आफ्ना हल हुँदा हुँदै पनि हेटौंडाका महगा होटलमा कार्यक्रम गर्ने गरेका छन् । आफ्ना हल नभएमा अरु सरकारी कार्यलयको पनि हल छन् । तर, ती हलको प्रयोग नगरीकन हेटौंडामा रहेका तीनै तहका सरकारले होटलमा कार्यक्रम गरेर सरकारी रकम धेरै खर्च देखाउने परिपाटी वढ्दै गएको छ ।

 

 

 

 

जिल्लाका सरकारी कार्यालयले होटलमा गएर कार्यक्रम गरेमा आफु नजाने भनेर प्रमुख जिल्ला अधिकारी भट्टले पहिले कार्यालय प्रमुखको बैठकमा जानकारी गराउनुभएको थियो । त्यसपछी त्यस्ता कार्यक्रममा सहभागि नहुने भनेपछी होटलमा आयोजना भएका सरकारी कार्यालयका कार्यक्रम पनि सरकारी हलमा हुन थालेका छन् । यो अभियानले पनि सरकारको धेरै रकम वचत हुने गरेको छ ।

 

 

 

 

 

दुईवर्ष देखि बागमती प्रदेश सरकारका धेरै कार्यक्रम हेटौंडाका महगा होटलमा गरेर धेरै रकमको विल वनाउने परिपाटीलाई प्रमुख जिल्ला अधिकारीको यो अभियानले गतिलो जवाफ दिएको छ । दिउसो कार्यक्रम गर्ने वेलुका त्यही होटलमा खानपान गर्ने र महगो रकमको विल वनाएर आफ्ना कार्यालयमा पेस गर्ने चलन छ ।

Leave a Reply