आरके राजन

सिम्रौनगढ,बाराको सिमावर्तित भारतको घोडासहन बजारमा चोरीको मोटरसाइकल सहित एकजना नेपाली युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भारतीय प्रहरीले रौतहट जिल्लाको बन्कुल निवासी ओकिल यादवलाई बुधवार दिउसो नियन्त्रणमा लिएको हो ।गोप्य सूचनाको अधारमा घोडासहन छठवाघाट नजिक चेक जाँचको क्रममा चोरीको मोटरसाइकलसहति युवक पक्राउ परेका हुन ।नेपालबाट चोरी गरेको र नम्बर प्लेट् बिनाको मोटरसाइकल बेच्न उनी घोडासहन जादै गरेको प्रहरीको भनाइ छ ।


















