कृपा संवाददाता
हेटौंडा, ३० फागुन । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडाले अस्पतालहरुमा आइसोलेसन वार्डमा खटिने कर्मचारीलाई तत्काल तालिमको व्यावस्थापन गर्ने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडामा प्रदेश स्तरिय दु्रत प्रतिकार्य व्यावस्थापन समितिको आजको वैठकले जिल्लामा कोरोना भाइरस आइहालेमा द्रत प्रतिकार्य टोली गठन गरेर सक्रिय गराउने भएको छ । प्रदेश स्वास्थ्य निदेशक रमेश प्रसाद अधिकारीको अध्यक्षतामा वसेको वैठकले डेंगु लगायतका रोग सम्वन्धी सचेत रहन र समयमै रिपोटिङ गर्न निर्देशन समेत दिएको छ ।

 

 

 

 

 

अस्पताल र स्वास्थ्य आपुर्ति व्यावस्थापन केन्द्र मार्फत पीपीसी र एन ९५ मास्क उपलव्ध गरउनका लागि अनुरोध गर्ने, सेनीटाइजरलाई खरिदगरी व्यावस्थापन गर्ने, अस्पतालमा ग्लोव्स मास्कको व्यावस्थापन गर्ने, अस्पतालमा हरेक महिना हुने सीएमइमा कोरोना भाइरस सम्वन्धी कक्षा सञ्चालन गर्ने, अस्पतालमा संक्रमण नहुनेगरी भिड व्यावस्थापन गर्ने, अस्पतालमा आइसोलेसनमा खटिएका कर्मचारीको व्यावस्थापन गर्ने, सभा, सेमिनार, सांस्कृतिक कार्यक्रम, विवाह वर्तवन्ध लगायतका कार्यक्रम भिड कम हुनेगरी सञ्चालन गर्ने लगायतका निर्णय गरिएको स्वास्थ्य निर्देशक अधिकारीले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here