सिमरा,वन सुरक्षाकर्मी र प्रहरीको संयुक्त टोलीले जीतपुरसिमराबाट ८५ थान सालको चिरान काठ बरामद गरेको छ ।

डिभिजन वन कार्यालय जीतपुरसिमरा उपमहानगर वडा नम्बर १६ स्थित मगर टोलबाट अवैध रुपमा लुकाएर राखिएको चिरान काठ वनको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा प्रहरी, वन कर्मचारी तथा सशस्त्र वन सुरक्षाकर्मीको टोलीले ८५ थान करिव ६४ क्यूफिट सालको चिरान काठ बरामद भएको डिभिजन वन अधिकृत विनोद सिंहले जानकारी दिनुभयो ।

सो काठ हालको बजार मुल्यमा ३ लाख ५० भन्दा बढीको भएको वन कार्यालयले जनाएको छ ।

Leave a Reply