नरेश गुप्ता , कार्तिक २१ ।  बाराको एतिहासिक गढीमाई मन्दिरमा  श्रदालु भक्तजनकोलागि कार्पेट   लगाईएको छ ।  बाराको प्रमुख  जिल्ला  अधिकारी  फणीन्द्र  मणि पोख्रेल र महागढीमाई नगर प्रमुख  उपेन्द्र  प्रसाद यादवले संयुक्त रुपमा बिहिवार  बिहान कार्पेट  ओछेयाएर उदघाटन  गरिएको थियो ।
 पंचबर्षिय गढीमाई मेलामा गढीमाई मन्दिर परिसरमा  निकै भिडभाड बढेपछी लडने , चिप्लिएर  दुर्खटना हुने  भएकोले मन्दिर परिसरमा  कार्पेट  ओछयाईएको  बाराको  प्रमुख जिल्ला  अधिकारी फणीन्द्र  मणि पोख्रेलले बताउनु भयो । महागढीमाई नगरपालिकाको  आर्थिक  सहयोगमा गढीमाई मन्दिर परिसरमा  कार्पेट  ओछयाईएको  नगर प्रमुख उपेन्द्र यादवले बताउनु भयो ।
सो अवसरमा गढीमाई मन्दिर संचालन तथा बिकास समितिको अध्यक्ष रामचन्द्र साह तेलि , बाराको  प्रहरी  प्रमुख बिकास राज खनाल लगायत पुजारिहरुको सहभागीता  रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here