सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा पहिलो पटक महोत्सव लाग्ने भएको छ । आगामी माघ १४ गतेदेखि माघ २० गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानाएको छ ।
“राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका साथ रामनगरस्थित खेल मैदानमा आयोजना गर्न लागिएको प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ को जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले उद्धाटन गर्ने जनाइएको छ ।
विशेषगरी २८६१ औ ल्होसार पर्वको अवसरमा स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति, सम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबले महोत्वसको आयोजना गर्न लागिएको महोत्वसका संयोजक समेत रहनुभएका रामनगर युथ क्लबका अध्यक्ष साजन दोङ्गले जानकारी दिनुभएको छ ।यसैगरी महोत्सवको व्यवस्थापनमा लालिगुराँस क्रिएशन मिडिया प्रालि, मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रिका रहेको छन भने संरक्षकमा जीतपुसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नम्बर १७ को वडा कार्यालय रहेको संयोजक दोङ्गले बताउनुभयो ।
महोत्सवको आकर्षकणमा तामाङ्ग जातिहरुको परम्परागत झाँकीहरु, विभिन्न व्यापारिक स्टलहरु मनोरन्जका लागि विभिन्न खेलतमासा, बालउद्यान, विभिन्न खानाका परिकारहरु, तामाङ्ग फुडफेस्टिबल समेत राखिने आयोजक कमिटीका कमल थिङ्गले बताउनुभयो ।
यस्तैगरी महोत्सवको हरेक दिन तामाङ्ग कलाकारहरुको साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गायन एवम् नृत्य प्रस्तुति रहने मिडिया पार्टन साझेदारी राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक सन्तोष पाण्डेले जानकारी गराउनुभएको छ ।
महोत्वसमा मोडल तथा गायकहरु दुर्गेश थापा, ज्योति मगर, उर्गेन दोंङ्ग, मोडल तथा भोजपुरी नायिक प्रिति पासवान, गायक विशाल काल्तान, लोकेन लामा, चर्चित गायिका समिक्षा अधिकारी, जीतु लोप्चन, अनु चौधरी, एलिना चौहान, विन्दु परियार, भोजपुरी गायक सुनिल पंडित, गायिका प्रिती आले, सोनु कस्मी लगायतको नृत्य तथा प्रस्तुति रहने सम्पादक पाण्डेले बताउनुभयो ।ग्रामिण स्थानहरुमा आयोजन हुने यस्तो महोत्सवले कला, संस्कृति र परम्परालाई जोगाई राख्ने र स्थानीय स्तरको पहिचान तथा गौरब बढाउन मद्दत पुग्ने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष भिमबहादुर स्याङ्गतानको भनाई छ ।