काठमाडौँ । अगस्त ११ मा रिलिज भएका लाल सिंह चड्डा र रक्षा बन्धन दुबै फिल्म रक्षा बन्धनको बिदामा, शनिबार, आइतबारको बिदा र स्वतन्त्रता दिवसको बिदामा रिलिज भएका थिए । ब्याक टू ब्याक ४ दिन बिदामा रिलिज दुवै फिल्मबाट बक्स अफिसमा राम्रो कलेक्सन हुने अपेक्षा थियो तर नतिजा निराशाजनक रह्यो । दुवै चलचित्रले अहिलेसम्मको कमाई घाटामा जाने देखिएको छ ।

दुबै चलचित्रले कति कमाउन सक्छन्
अहिलेसम्मको कमाई हेर्दा लालसिंह चड्डाले ७० करोड मात्रै जम्मा गर्न सक्ने देखिन्छ भने रक्षा बन्धनले ६० करोड मात्रै पुग्ने अनुमान गरिएको छ । एक अनुमान अनुसार आमिर खानको फिल्मले करिब १०० करोड घाटा बेहोर्नु पर्ने देखिएको छ । रक्षा बन्धनले बजेटको आधा कमाउन सफल भएको देखिन्छ । आगामी दिनमा रक्षा बन्धनले करिब २० करोड जम्मा हुने देखिन्छ, यस्तो अवस्थामा यस फिल्मलाई १० करोड मात्रै घाटा हुने देखिएको छ ।

रक्षा बन्धन कमाईमा लाल सिंह चड्डाभन्दा पछाडि भए पनि बजेटका हिसाबले अक्षय कुमारको फिल्म आमिरको फिल्मभन्दा अगाडि छ ।

लालसिंह चड्डाले किन पैसा कमाउन सकेनन्
व्यापार विज्ञहरूका अनुसार लालसिंह चड्डाको असफलताको कारण यसको कथा हो । यो फरेस्ट गम्पको रिमेक हो, जुन धेरै मानिसहरूले पहिले नै देखेका छन् । यस्तो अवस्थामा कलाकार परिवर्तन भएको फिल्म हेर्न मानिस आएनन् । फिल्म फ्लप हुनुको अर्को कारण फिल्मको विरोध पनि हो । विगत केही दिनदेखि सामाजिक सञ्जालमा  बममजब ठूलो मात्रामा ट्रेन्ड भइरहेको छ । हजारौं मानिसहरू यो प्रवृत्तिमा सामेल भए जसले फिल्मलाई प्रत्यक्ष असर गर्यो ।

बहिष्कारले आम्दानीमा असर
ट्रेड एक्सपर्ट तरण आदर्श( कुनै पनि फिल्मको कथा कमजोर हुँदा बहिष्कारले असर गर्छ । लालसिंह चड्डाको सामग्री ठिक छ, तर जनतालाई मन पराउन सकेको छैन । यस्तो अवस्थामा बहिष्कारको प्रवृत्तिले उनलाई थप सताएको छ । फिल्म बलियो भएको भए बहिष्कारले असर गर्ने थिएन ।

दुवै चलचित्रको विरोध किन
लाल सिंह चड्डा– आमिर खानले सन् २०१५ मा असहिष्णुताको मुद्दामा बयान दिँदै भारत छोड्ने कुरा गरेका थिए । उनको पुरानो भनाइकै कारण लालसिंह चड्डालाई बहिष्कार गरिएको हो । रक्षा बन्धन( फिल्मकी लेखिका कनिका ढिल्लनले वर्षौंअघि गाईलाई लिएर विवादास्पद टिप्पणी गरेकी थिइन् । उनले भाजपा सरकारलाई गौ संरक्षणको नाममा देशमा भएको दंगाको कारण भनेकी थिइन् । उनले लेखेको फिल्म रक्षा बन्धनमा विवादास्पद बयान दिएपछि विरोध भइरहेको छ ।

वितरकले मागे क्षतिपूर्ति
लालसिंह चड्डाको फिल्म फ्लप भएपछि वितरकले निकै मारमा परेकाले निर्मातासँग क्षतिपूर्तिको माग गरेका छन् । आमिर खान यस फिल्मका सह(निर्माता हुन् जसले फिल्म फ्लपको जिम्मेवारी लिएका छन् । रिपोर्टहरू विश्वास गर्ने हो भने, आमिर खानले फिल्ममा कडा मेहनत गरेका थिए र यसबाट धेरै आशा राखेका थिए । फिल्म फ्लप भएपछि आमिर खान स्तब्ध छन् ।

Leave a Reply