पुष्पराज खतिवडा
बारा
१९ जेष्ठ २०७८
चट्याङ्गले विजुलीको ट्रान्र्फमरमा क्षती गरेपछी ५ सय घरपरिवार प्रभावित बनेको छ । गत सोमबार बेलुकी परेको चट्याङ्गले जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१८ को लामिडाँडामा रहेको ट्रान्र्फमरमा क्षती पु¥याएसँगै विद्युत सेवा अवरुद्ध हुँदा स्थानिय प्रभावित भएका हुन् । यहाँका ५ सय बढि परिवार तीनदिन देखी विद्युतसेवा विहिन भएको स्थानिय भरत लोप्चनले बताए ।
विद्युत नहुँदा बालबालिको अनलाईन कक्षा, कुटानी पिसानी, दुध संकलन र मोबाईल सेवा प्रभावित बनेको स्थानिय वडा समिति सदस्य कुमार लामाले बताए । विद्युत अवरुद्ध भएपछि गर्मीले बालबालिकासँगै वृद्धवृद्धा थप समस्यामा परेका छन् । पशु चौपायाको ब्यवस्थापन , विहान बेलुकीको घरभान्छा गर्न कठिनाई भएको उनले बताए ।
ट्रान्र्फमरमा समस्या आई विद्युत सेवा अवरुद्ध भएको गुनासो विद्युत प्राधिकरण कलैयामा गरेका छौं । तर प्राधिकरणले तत्काल विकल्प दिन नसक्ने बताएकाले समस्या भएको वडा समिति सदस्य लामाले गुनासो गरे ।
यता विद्युत प्राधिकरण कलैयाका प्रमुख हरदेव गुप्ताले स्टकमा ट्रान्र्फमर नभएकाले समस्या भएको बताए । तर विहिबार हेटौंडा स्थीत मर्मत केन्द्रमा रहेको ट्रान्र्फमर ल्याएर सेवा सुचारु गर्छाैं ,ढुक्क हुन स्थानियलाई उनले आग्रह गरे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here