खासगरी विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण आर्थिक रुपमा थिलथिलो भएको नेपाल र नेपाली जनताका लागि सहज र सरल अवतरण हुने बाटो अझै खुल्न सकेको छैन । आर्थिक रुपमा कमजोर, ठूला उद्योग र कलकारखाना जस्ता आर्थिक गतिविधिको शून्यता, मौलिक उत्पादनको अभाव नेपालको नियति बनेको छ । आफ्नो शरीरबाहेक हरेक यान्त्रिक वा दैनिक उपभोग्य वस्तुमा परनिर्भर हुनुपर्ने अवस्था अझ बढ्दो छ । सामान्यतः हरेक नेपालीको घरमा एक जना विदेश नजाने हो भने गुजारा नचल्ने अवस्था आउन थालेको छ ।

नेपालको इतिहासलाई हेर्दा कृषि प्रधान देश, जलस्रोतको धनी मुलुक तर यही मुलुकमा स्वच्छ पिउने पानी, सिँचाई, जलविद्युत, खाद्य उत्पादनको कमी छ । अस्पतालमा विशेष शल्यक्रिया गर्दा प्रयोग गर्ने पानीदेखि देशका ठूला ओहदामा आसीन व्यक्तिहरुका लागि पिउने पानीसमेत विदेशबाट नै ल्याइन्छ । सर्वसाधारणदेखि आम नेपालीका घरमा बल्ने चुलो, इन्धन, खाद्यान्न, कृषिका लागि आवश्यक विउ–बिजन, रासायनिक मल, औजार, किरा मार्ने विषादी लगायत दैनिक प्रयोग गर्ने लत्ताकपडादेखि कपडा सिलाउने सियोसम्म विदेशमै निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था छ ।

यस मामिलामा नेपालको झन्झन् थप जटिल बन्दैछ । यस अवस्थाको सुधार ल्याउनेतर्फ सरकारको ध्यान जानुको साटो नेपाली नागरिकलाई ज्यालादारीमा विदेशी भूमिमा बेच्नका लागि उपयोगी लाइसेन्स बन्ने खालाको हाम्रो शिक्षा छ । त्यसो त रुस र युक्रेनको तनाबले पनि नेपालको आर्थिक अवस्था भने निकै खस्किएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here