पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकामा ७६औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाउने निर्णय भएको छ ।
बिहिवार उपमहानगरका सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चैत्र २० गतेका दिन बिहान ७ बजे प्रभातफेरि सहित सहकारी दिवस मनाउने निर्णय गरेको हो ।

बैठकबाट पालिका भरिका सहकारीलाई प्लेकार्ड तथा ब्यानरसहित उत्साहजनक सहभागिताका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । उपमहानगगरपालिका परिसरमा जम्मा भई प्रभातफेरिसहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित शान्ति टोलको खुल्ला मैदानमा सभा गरी कार्यक्रम गर्ने तय भएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा उपमहानगरपालिका भित्रका केही उत्कृष्ठ सहकारीलाई सम्मान गरिने छ । उक्त दिन पालिकाभरिका सहकारी संस्थामा सार्वजनिक विदा दिन अपिल गर्ने समेत निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै आगामी बैषाखमा बाह्य प्रशिक्षक बोलाएर २ दिने सहकारी सेमिनारको समेत आयोजना गर्ने निर्णय भएको उपमहानगरका सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिनुभयो । राष्टिय सहकारी महासंघले यस वर्षका लागि सहकारीमा सुशासन, प्रविधि र एकीकरण भन्ने नारा तय गरेको छ ।पालिकामा कृषि, बचत तथा ऋण र दुग्ध सहित ७० वटा सहकारी संस्था संचालनमा रहेको नगर सहकारी प्रमुख चौधरीले बताउनुभयो ।

Leave a Reply