हुनत हालै गाइजात्रा पर्व सकिएको छ । बाह्ै महिना गाईजात्रा हुने देशमा एक दिनको जात्राले के नै असर गर्ला र तैपनि यो एक संस्कृति हो जसको आफ्नै महत्व भने पक्कै छ ।

त्यसो त नेपाल देश हो बाचियो भने यहाँ अनेक देख्न पाइन्छ भनिन्छ । कल्पना गरौं त एक पटक सरकार नै आन्दोलनमा उत्रनु पर्ने अवस्था आयो भने आम नागरिकहरुको अवस्था कस्तो होला ?हो,मधेश प्रदेशमा यस्तै भएको छ । मधेश प्रदेश सरकारले संघीय सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेको छ । मधेस प्रशेका आन्तरिक मामला तथा कानुन मन्त्री भरत साहले प्रहरी समायोजनको माग राखेर आइतवारदेखि धर्ना दिने घोषणा गर्नुभएको हो ।

हुन त प्रदेश सरकारले संघीयताको भावना अनुरुप र संघीयतालाई थप बलियो र सुदृढ पार्न आन्दोलन गर्नुपरेको दाबी गरेको छ । झट्ट सुन्दा प्रदेश सरकारको कुरा ठीकै लागे पनि यो संघीयता विरुद्ध बोल्नेहरुका लागि ठूलो बल पुग्ने कुरा हो । नेपालमा अहिले तीन तहका सरकार छन् । सबैलाई थाहा भएकै कुरा हो,संघीय,प्रदेश र स्थानीय । यी तीनै तहका सरकारको आआफ्नै काम कर्तव्य र अधिकार छन् । अब यी सरकारहरुले आफ्नो स्वार्थ अनुसार चल्ने प्रयास गरे भने नतिजा चाही के होला ? यसबाट निश्चय पनि प्रर्णाली नै भद्रगोल हुन्छ । र उपलब्धी समेत गुम्ने खतरा रहन्छ । अहिलेलाई संघीय सरकार लिएको अधिकार कटौतिको कुरा गर्नु जायज भएपनि प्रदेश परिपक्व भइनसकेको अवस्थामा र प्रदेश संचालकहरु पनि परिपक्क नभएको अवस्थामा सबै अधिकार प्रदेशलाई दिनु पनि हुँदैन । त्यसैले सरकारका विरुद्ध सरकार आन्दोलनमा उत्रनु भनेको निर्जल्लाको पराकाण्ठा हो ।

Leave a Reply