बरियारपुर,राष्ट्रिय मुस्लिम आयोगद्वारा बारा जिल्लाका विभिन्न पालिकामा बुधबार अगामी जनगणना सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष माननीय समिम अंसारीको प्रमुख अतिथ्यतामा कलैया र जीतपुरसिमरा उपमहानगरपालिका र फेटा गाउँपालिकामा भएको सो कार्यक्रममा अगामी जनगणनामा मुस्लिम समुदायले आफ्नो जाती, धर्मको पहिचान हुने गरी सबैले नाम दर्ता गराउन अभिप्रेरित गरिएको थियो । जनगणनामा सबैले आफ्नो नाम दर्ता गराउनबाट कोहि पनि नछुटुन भन्ने उदेश्यले जनगणनामा भाग लिन जनचेतना जगाइएको नेकपा एमाले बारा जिल्ला कमिटी सचिव महमद समिरले बताउनुभयो । सो अवसरमा राष्ट्रिय युवा सघ नेपालको केन्द्रीय सद्स्य रुस्तम अंसारी, मुस्लिम गंठबन्धन सघंर्ष समितिका केन्द्रीय सचिव कलामद्दिन अंसारी, राजमहमद राय लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply