नरेश गुप्ता
बरियारपुर – बारामा सुर्तीजन्य पदार्थ दोब्बर भन्दा बढीमा बिक्री भैइरहेको छ । लक डाउनको बेला भारतबाट सुर्तीजन्य पदार्थको आयत ठप्प भएपछी सुर्तीजन्य पदार्थ गुटखा , राजनिवास , रजनी गन्धा , सुर्ती लगायतको नशालु पदार्थको मूल्य दोब्बर भन्दा बढीमा बिक्री बितरण भैइरहेको भएपनी प्रशासन भने मौन देखिएको छ ।
सुर्तीजन्य केही पदार्थहरुको उत्पादन नेपालमा पनि भैइरहेको अवस्थमा उत्पादन ठप्प भएपछी स्टोर गरिएको सुर्तीजन्य पदार्थ बढी मूल्य लिइ बिक्री भैइरहेको छ । स्वास्थको लागि सुर्तीजन्य पदार्थ हानिकारक भएपनि यसको सेवन गर्नेहरूको संख्या धेरै रहेको छन् । कोरोना कोभिड १९ को संक्रमण बिश्वब्यापी रुपमा भैलिरहेको अवस्थामा सुर्तीजन्य पदार्थको आयत भारतबाट लुकाई छिपाई भैइरहेको छ । भारतबाट आयत हुने तरकारी ल्याउनेहरु पिकअपमा सुर्तीजन्य पदर्थ लुकाई छिपाई ल्याउने गरेको छन् ।
सुर्तीजन्य पदार्थ अन्तरगत गुटखा प्रती पोकेट २४० मा पहिला बिक्री भैइरहेकोमा अहिले लकडाउनको फाईदा उठाउदै प्रती पोकेट ५५० मा बिक्री भैइरहेको ब्यापारीहरुले बताए । स्वास्थमा प्रतिकुल असर गर्ने सुर्तीजन्य पदार्थ आयतमा स्थानीय प्रहरी प्रशासन , स्थानीय तहले निगरानी गर्नेु पर्ने देखिन्छ ।