नरेश गुप्ता

बरियारपुर,नेपाली कांग्रेस बारा क्षेत्र १ ‘क’ को प्रदेशसभा सभापतिमा टेकबहादुर लामाको प्यानल विजयी भएको छ । कुल खसेको ३ सय ३७ मतमध्ये लामाले २ सय ३८ मत पाएर विजयी बन्नु भएको हो । उहाँका निकटम प्रतिद्वन्दी रामकुमारी गोलेले ९१ र पासाङ्ग लामाले २ मत प्राप्त गर्नु भएको छ । संस्थापन इतर पक्षबाट उम्मेदवारी दिनु भएका लामा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष समेत हुनुहुन्छ ।

त्यसैगरी कार्यसमितिको उपसभापतिमा गणेश मैनाली, दिलमोहन चौधरी विजयी बन्नु भएको छ । सचिवमा भने योगेन्द्र साह कानु, सुब्बा सिह बज्जु, ससचिवमा कृष्ण प्रसाद तिमिल्सिना, बलराम अधिकारी खुल्ला सदस्यतर्फ चित्रकुमार तिमिल्सिना, जितबहादुर जिम्बा, किसुनदेयाल चौधरी, अभिषेक मिश्र, रामकुमार चौधरी, बुनिलाल साह तेली, खुला महिला सद्स्यमा टीका अधिकारी, मंजुकुमारी, सरिता रिमाल विजयी हुनु भएको छ । प्रदेश १ क मा रहेका निजगढ, कोल्हबी नगरपालिका र बारागढी गाउँपालिकाको ४ वटा वडाका ३५४ मतदाता रहेका थिए । निर्वाचनमा ३३७ मतमात्रै खसेको थियो ।

त्यसैगरी क्षेत्र नम्बर ४ ख को सभापतिमा नेपाल तरुण दल बाराका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंह निर्वाचित हुनु भएको छ । सोमबार राती सम्पन्न चुनावमा सिंह एक सय ८५ मत ल्याएर प्रदेश निर्वाचन क्षेत्र ४ ख को क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो । देउवा समुहबाट उम्मेदवारी दिनु भएका सिंहले पौडेल समुहका दिनेश साह कानुलाई पाराजित गर्दै सभापतिमा निर्वाचित हुनु भएको हो ।

क्षेत्र नम्बर ४ क को क्षेत्रीय कार्यसमितिमा सुमन भटट्राई, निर्वाचन क्षेत्र नम्बर ३ को क को कार्यसमितिको सभापतिमा जितबहादुर चौधरी र क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिमा ललन यादव निर्वाचित हुनु भएको छ । क्षेत्र नम्बर २ क को मतदान मंगलबार बेलुका ४ बजेमात्रै सम्पन्न भएकोले मत परिणाम ढिलो आउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here