निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित लड्डु गोपाल ट्युशन सेन्टरका विद्यार्थीहरुबीच शुक्रवार राखी बनाउने प्रतिस्पर्धा आयोजना गरिएको छ ।

‘राखी’ पर्वको अवसरमा ट्युशन सेन्टरका छात्राहरुले स्थानीय स्रोत साधनको प्रयोग गरेर राखी तयार पारेका थिए । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि विशेष गरी मैथिली समुदायका दिदीबहिनीले आफ्ना दाजुभाइलाई ‘राखी’ बाधेर मिष्टान्न भोजन गराएकाहुन ।दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्काउन राखी, भैयादूज र सामा पर्व मनाइन्छ ।

हिन्दू नेपाली परम्परामा रक्षाबन्धन भनिने यो पर्व दाजुभाइ÷दिदीबहिनीबीच ‘राखी’ को नाउँमा प्रसिद्ध छ । पर्वमा दिदीबहिनीले दाजुभाइलाई कलात्मक धागोका रङ्गीचङ्गी डोरा (राखी) दायाँ हातको नाडीमा बाँधी दिएर सौर्यवृद्धिको कामना गर्नेगर्छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here